जोरहाटमा भारतीय वायुसेनाको विमान दुर्घटना, पाँच जवानको मृत्यु

जोरहाटमा भारतीय वायुसेनाको विमान दुर्घटना, पाँच जवानको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- भारतको असमस्थित जोरहाट एयर फोर्स स्टेशनमा शनिबार भारतीय वायु सेनाको एएन-३२ सैन्य यातायात विमान दुर्घटनाग्रस्त हुँदा पाँच वायुसेना जवानको मृत्यु भएको छ।

भारतीय वायु सेनाले सामाजिक सञ्जाल एक्समार्फत दुर्घटनामा ज्यान गुमाउनेहरूको विवरण सार्वजनिक गर्दै गहिरो दुःख व्यक्त गरेको छ। मृतकहरूमा स्क्वाड्रन लिडर प्रशान्त सिंह, फ्लाइट लेफ्टिनेन्ट शुभम कुमार, सार्जेन्ट जितेन्द्र शर्मा, अग्निवीरवायु खेमाराम कुमावत र अग्निवीरवायु दानिश आलम रहेका छन्।

यसअघि भारतीय वायु सेनाका प्रवक्ता विङ कमाण्डर जयदीपले जोरहाट एयर फोर्स स्टेशनमा एएन-३२ विमान दुर्घटनाग्रस्त भएको पुष्टि गरेका थिए। वायु सेनाका अनुसार विमान अवतरण गर्ने क्रममा दुर्घटनामा परेको हो।

दुर्घटनापछि विमानमा आगलागी समेत भएको बताइएको छ। घटनाको कारण पत्ता लगाउन भारतीय वायु सेनाले कोर्ट अफ इन्क्वायरी गठन गरी अनुसन्धान सुरु गरेको जनाएको छ।