काठमाण्डु – नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले परराष्ट्रमन्त्री शिशिर खनालसँग भेटवार्ता गरेका छन् ।
परराष्ट्र मन्त्रालयमा भएको भेटमा राजदूत श्रीवास्तवले परराष्ट्रमन्त्री नियुक्त भएकोमा भारतका विदेशमन्त्री एस. जयशंकरको शुभकामना सन्देश सुनाएका थिए । त्यस अवसरमा नेपाल–भारत सम्बन्ध र सहयोगसम्बन्धी विभिन्न विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
नयाँ सरकार गठन भएपछि भारतीय राजदूत श्रीवास्तवले गत बिहीबार अर्थमन्त्री स्वर्णिम वाग्लेसँग शिष्टाचार भेटवार्ता गरेका थिए ।




प्रतिक्रिया