एजेन्सी – भारतीय नौसेनाले दोस्रो घातक हतियारको विकास गरेको छ ।
भारतीय नौसेनाले हालै पी १५ बी वर्गको स्वदेशमै निर्मित दोस्रो विध्वंसात्मक हतियार ‘मोर्मुगाओ’ निर्माण गरेको हो । उक्त हतियारलाई आगामी वर्षको मध्यतिर परीक्षण गर्ने तयारी गरिएको छ ।
मोर्मुगाओ १५ बी परियोजनाको रुपमा विकसित गराइएको जानकारी दिइएको छ । माजागोन डक सीपबिल्डर्स (एमडीएसएल) ले विध्वंसात्मक हतियारको एउटा अंगको रुपमा बनाएको हो ।
मोर्मुगाओ हतियारसहितको पानीजहाज अरब सागरमा दौडिन थालेको छ । गोवा पोर्चुगलबाट स्वतन्त्र भएको उपलक्ष्यमा उक्त हतियार बोकेको जहाज समुद्रमा चल्न थालेको हो ।
हतियारको नाम गोवाको एउटा सानो बन्दरगाह शहरको नाममा राखिएको हो । मोर्मुगाओ दक्षिणी गोवाको एउटा सानो शहर हो । जहाँ निकै गहिरो प्राकृतिक सामुद्रिक बन्दरगाह अवस्थित छ ।




प्रतिक्रिया