भारत–पाकिस्तान युद्धः कहाँ हराए ५४ जना भारतीय सैनिक ?


नयाँ दिल्ली – भारत–पाकिस्तान युद्धको समयमा हराएका ५४ जना भारतीय सैनिकहरु अझै फेला पर्न सकेका छैनन् । चार दसक अघि भारत–पाकिस्तान युद्धमा बेपत्ता भएका भारतीय सैनिकको अवस्था अझै पनि अज्ञात रहेको छ ।

उनीहरुबारे न त पाकिस्तानले नै स्पष्ट जवाफ दिन सकेको न भारतले पाकिस्तानमाथि आरोप लगाउने बलियो आधार फेला पारेको छ । यद्यपी भारतले भने पाकिस्तानी जेलमा आफ्ना स्रनिकहरु रहेको अपुष्ट दाबी गर्दै आएको छ ।

हराएका ५४ ती भारतीय सैनिक जो भारत र पाकिस्तानबीच भएको लडाइमा  बेपत्ता भएका थिए  । ती भारतीय सैनिक भारतकोे सत्रु मुलुकको उथलपुथलले भरिएको आान्तिपूर्ण इतिहाको पन्नामा चुपचाप कतै हराएको दाबी गरिएकाे छ ।

भारत र पाकिस्तानबीच कश्मीरको विवादित क्षेत्रको विषयलाई लिएर दुई पटक युद्ध भइसकेको छ । पहिलो युद्ध  १९४७–४८ मा भएको थियो । कश्मीरको विषयलाई लिएर यी दुई देशबीचको दोस्रो युद्ध १९६५ मा भयो ।

यी युद्धपछि १९७१ म १३ दिनको युद्धमा भारतसँग पाकिस्तानको लज्जास्पद पराजय भयो । यसपछि पूर्वी पाकिस्तान बंगलादेशको नामबाट नयाँ सम्प्रभु राष्ट्रको रुपमा उदय भयो ।

पूर्वी पाकिस्तान र पश्चिमी पाकिस्तान करिब १६०० किमी वा ९९० माइल भन्दा पनि बढीको दुरीमा रहेका छन् ।

आफ्ना हराएका ५४ सैनिक पाकिस्तानको जेलमा कैद रहेको भारतले दाबी गर्दै आएको छ । तर उनीहरु हराएको ४ दसक बितिसक्दा पनि उनीहरु कहाँ छन् भन्ने विषयमा केही जानकारी नै छैन् ।

आखिर उनीहरुसँग के भएको थियो ?

गत वर्ष जुलाईमा नरेन्द्र मोदीको अगुवाइमा बीजेपी सरकारले संसदलाई जानकारी दिएको थियो कि हाल ८३ भारतीय सैनिक पाकितानको कब्जामा रहेका छन् । यस मध्ये हराएका ५४ सैनिक पनि समावेश छन् । यद्यपि पाकिस्तानले भारतका कुनै पनि युद्धबन्दी आफूसँग नभएको बताउँदै आएको छ ।

चन्दर सता डोगरा वरिष्ठ भारतीय पत्रकार हुन् । उनले कयौ वर्षसम्म हराएका ५४ सैनिकको बारेमा अनुसन्धान गरेका छन् । उनले सेनाका अवकास प्राप्त अधिकारीसँग पनि कुराकानी गरेका छन् र हराएका सैनिकका आफन्तसँग पनि भेटघाट गरेका छन् । उनले हराएका सैनिकको बारेमा चिठ्ठी, अखबारको क्लिपिङ, डायरीमा पनि रहेको कुराकानी र तस्बीर संकलन गरेका छन् ।

यसका अतिरिक्त डोगराले यी सैनिकको बारेमा भारतीय विदेश मन्त्रालयको दस्तावेज पनि हेरे, जुन हाल गोपनीय छ । चन्दर सुता डोगराले यी हराएका ५४ सैनिकको बारेमा ताजा किताब पनि लेखेका छन् । यो पुस्तकको नाम ‘मिसिङ इन एक्सनःद प्रिजनर हु नेभर केम ब्याक’ रहेको छ । यसको माध्यमबाट उनले ५४ सैनिकसँग सम्बन्धित यो प्रश्नको जवाफ खोज्ने प्रयास गरेका छन् कि आखिरिमा उनीहरुको साथमा भएको के थियो ?

उनको अनुसन्धानबाट यो थाहा हुन्छ कि उनीहरुलाई केही पनि भएको हुन सक्दथ्यो । के यी सैनिकहरु युद्ध लड्दा मारिएका थिए ? के यी सैनिकहरुलार्ई पाकिस्तानले कैदी बनाएको प्रमाण भारतसँग छ ? के उनीहरुलाई पाकिस्तानले जानीजानी अनिश्चित कालका लागि आफ्नो कब्जामा राखेको छ ? ताकी आगामी दिनमा भारतसँग बार्गे्निङ गर्न सकियोस ।

के यी हराएका ५४ भारतीय सैनिक मध्ये भारतको जासुसी एजेन्ट थिए, जुन पाकिस्तानी अधिकारीले मान्दै आएका छन् वा जासुसीको आरोपमा उनीहरुलार्ई पाकिस्ताले पक्रेर राखेको छ ?

के गिरफ्तारीपछि जेनेभा कन्भेन्सन (जेनेभा कन्भेन्सन एक अन्तर्रा्ष्ट्रिय कानुन हो, जसले युद्ध तथा युद्धबिरामको नियम निर्धा्रित गर्छ) को बिरुद्धमा गएर पाकिस्तानले यी सैनिकमाथि अपराध गरेको छ ?

यदी पाकिस्तानले यी सैनिकको विषयलाई लिएर जेनेभा कन्भेन्सनको उल्लंघन गरेको छ भने पाकिस्तालने यी सैनिकलाई भारतमा फिर्ता गर्नका लागि मुश्किल हुनेछ । यी हराएका सैनिक मध्ये केहीलाई पक्राउ गरिएपछि तत्काल मारिएको पनि हुन सक्छ ।

तर पनि १९९० को दसकको सुरुवातमा एक तल्लो अदालतले हराएका सैनिकको बारेमा याचिका दाखिल गरेको थियो । यसको जवाफमा सरकारले यी हराएका ५४ सैनिकमा १५ जना मारिएको हुन सक्ने स्वीकार गरेको थियो । यदी साँचो कुरा यही हो भनेपनि भारत सरकार आज पनि किन यो दावी गर्छ कि ५४ सैनिक उसको हिसाबबाट हराएका छन् ?

वरिष्ठ पत्रकार चन्दर सुता डोगरा भन्छन्,’यो स्पष्ट हो कि भारत सरकारलाई थाहा छ कि यी हराएका ५४ सैनिक मध्ये केहीको मृत्यू भइसकेको छ ।’

प्रतिक्रिया दिनुहोस
Advertisement