काठमाण्डु – भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवाणे र प्रधानसेनापति पूर्णचन्द्र थापाबीच भेटवार्ता भएको छ ।
बिहीबार जंगी अड्डामा भएको भेटवार्ताका क्रममा नेपाली सेनाका प्रधान सेनापति र भारतका स्थल सेनाध्यक्षबीच आपसी हित र पारस्परिक सम्बन्धका विषयमा द्विपक्षीय छलफल भएको थियो ।
उक्त छलफलपछि भारतीय सेनाध्यक्ष जनरल नरवणेलाई नेपाली सेनाको इतिहास र वर्तमान भूमिकाहरुका बारेमा प्रस्तुतिकरण गरिएको थियो ।
भेटघाट पश्चात् जङ्गी अड्डामै आयोजित अर्को कार्यक्रममा, जनरल नरवणेले नेपाली सेनालाई विगतमा सम्पन्न नेपाल–भार बिलाटेरल कन्सल्टेटिभ ग्रुप मिटिङ अन सेक्युरिटी इस्यूको निर्णय अनुसार, सहयोग स्वरुप दुइ वटा फिल्ड अस्पताल स्थापनाको लागि एम्बुलेन्स, उपकरणहरु तथा अन्य स्वास्थ्य सामग्रीहरुका साथै भेन्टिलेटरहरु समेत हस्तान्तरण गरे ।
आज साँझ नरवणेलाई राष्ट्रपति विद्यादेवी भण्डारीबाट नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान गर्ने कार्यक्रम रहेको छ ।




प्रतिक्रिया