एजेन्सी – चिनियाँ सेनाबाट आफ्ना सेना मारिएपछि भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरभानेले लद्दाखको फरवार्ड चौकीको भ्रमण गरेका छन् । उनले घाइते सैनिकहरुलाई पनि भेट गरेर स्वास्थ्य अवस्थाबारे जानकारी दिएका थिए ।
प्रमुख नरभानेले सेनाहरूको उच्च मनोबलको प्रशंसा गर्दै उनीहरूलाई उत्साह र हिम्मतका साथ काम गर्न प्रोत्साहन दिएका थिए ।
सेना प्रमुखकको आजको भ्रमणलाई लिएर विज्ञप्ति जारी गर्दै भारतीय सेनाले भनेको छ, ‘सेना प्रमुख एमएम नरभानेले पूर्वी लद्दाखको फरवार्ड इलाकाको भ्रमण र सीमा क्षेत्रमा भइरहेको तयारीको बारेमा जानकारी लिए । उनले जवानको मनोबल बढाए र उनीहरुको योगदानको प्रशंसा पनि गरे ।’
सेना प्रमुखको एलएसीको यो भ्रमण आज सकिँदैछ । यही क्षेत्रमा गएको हप्ता चीनको पिपुल्स लिबरेशन आर्मीसँगको हिंसक झडपमा २० भारतीय सैनिकको ज्यान गएको थियो । चिनियाँ सेनासँगको हिँसात्मक झडपपछि २० जना भारतीय सैनिकको मृत्यु भएपछि दुई देशबीच तनाव उत्पन्न भएको थियो ।




प्रतिक्रिया