भारतीय सेना प्रमुख इजरायलको पाँच दिने भ्रमणमा

भारतीय सेना प्रमुख इजरायलको पाँच दिने भ्रमणमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी – भारतका सेना प्रमुख एमएम नाराभाने आइतबार इजरायल प्रस्थान गरेका छन् । दुई देश बीचमा सहकार्य र सम्बन्ध थप सुदृढ बनाउने उदेश्यका साथ सेना प्रमुख नाराभाने इजराय प्रस्थान गरेका भारतीय सेनाले जनाएको छ ।

“भावी रणनीतिक सहकार्य र योजनाका लागि दुई देशका बीचमा छलफल गर्न सेना प्रमुख जान लाग्नु भएको हो,” सेनाको आधिकारीक ट्वीटर हेन्डलमा लेखिएको छ ।

भारतका विदेश मन्त्री एस जयशंकर र रक्षा सचिव अजय कुमारले इजरायलले भ्रमण गरेको एक हप्तापछि सेना प्रमुखले भ्रमण गरेका हुन् ।रणनीतिक हिसावले महत्व राख्ने दुई देशका सेनाको सम्वन्ध विस्तारका लागि सुरु भएको उनको पाँच दिने भ्रमणलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।