काठमाण्डु- भारतीय सेनाका एयर भाइस मार्सल मनिस कुमार गुप्ता नेपाल भ्रमणको क्रममा काठमाण्डौं पुगेका छन् । भारतीय सेनाको नेशनल डिफेन्स कलेजको प्रतिनिधिमण्डलको नेतृत्व गर्दै गुप्ता आइतबार काठमाडौं पुगेका हुन् ।
एयर भाइस मार्सल गुप्ताको प्रतिनिधि मण्डललाई नेपाली सेनाका सहायकरथी नारायण सिलवाल र भारतीय दूतावासका सैनिक सहचारी सहकायरथी अमित शर्माले स्वागत गरेका थिए । उनिहरु पांच दिने भ्रमणको क्रममा काठमाण्डौं पुगेको भारतीय दूतावासले जनाएको छ ।
प्रतिनिधिमण्डलमा भारत,जर्मनी,श्रीलंका,साउदी अरेविया र ओमानका सैनिक अधिकारीहरु सहभागी छन् । भारतीय सेनाको नेशनल डिफेन्स कलेजका प्रशिक्षार्थीहरुले शिवपुरीस्थित सैनिक कमाण्ड एण्ड स्टाफ कलेज र सेनाको नगरकोटस्थित वार कलेजको समेत भ्रमण गर्ने कार्यक्रम छ ।
भारतीय सेनाका एयर भाइस मार्सल गुप्ताले नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मासंग समेत भेटवार्ता गर्ने कार्यक्रम छ ।




प्रतिक्रिया