काठमाण्डु – भारतीय बिदेश मन्त्री एस जयशंकरले आज बिहान पशुपतिनाथको दर्शन गरेका छन ।
दुई दिने नेपाल भ्रमणका लागि बिहीबार नेपाल आएका बिदेशमन्त्री जयशंकरले आज पशुपतिनाथ दर्शन गरेका हुन । उनी आजै स्वदेश फर्कदैछन ।
बिहीबार बिहान १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय बिमान स्थलमा अवतरण गरेका बिदेशमन्त्री जयशंकरको पहिलो शिष्टचार भेट बिहिबार बिहान ११ः०० शितल निवासस्थित राष्ट्रपति भवनमा राष्ट्रपति रामचन्द्र पौडेलसँग भएको थियो भने अपरान्ह १२ बजे सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग शिष्टचार भेटबार्ता गरेका थिए ।
दिउँसो १ बजे होटल याक एन्ड यतीमा समकक्षी परराष्ट्रमन्त्री एनपी साउँदसँग द्धिपक्षीय भेटबार्ता गरेका जयशंकरले नेपाल भारतबीच उर्जालगायत बिषयमा सहमति पत्रमा हस्ताक्षर कार्यक्रममा उपस्थित भएका थिए ।
प्रतिक्रिया