भारतीय नागरिक ४५ लाख नगदसहित पक्राउ


मोरङ – प्रहरीले एक भारतीय नागरिकलाई ४५ लाख नगदसहित मंगलबार विराटनगर १५ बाट पक्राउ गरेका छन् । भारतको अररिया जिल्लाको फारबिसगन्ज १ का ४५ वर्षीया नारायण साहलाई पक्राउ गरेको हो ।

भारतको जोगबनीबाट विराटनगरतर्फ आउँदै गरेको बीआर ११ एए ६२६५ नम्बरको कारलाई चेकजाँच गर्दा सिटमुिन लुकाएर राखेको अवस्थामा उक्त रकम बरामद भएको इलाका प्रहरी रानीका प्रहरी निरीक्षक सन्तोष निरौलाले बताए । कारको चालक छेउको सिटमुनिबाट एक हजार दरका ३४ सय ५ सय दरको २१ सय र १ सय दरको ५ सय नोट बरामद भएको उनले बताए । उनले बरामद भएको नगद, कार र साहलाई कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय मोरङमा बुझाएको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक अरुणकुमार बिसीले उक्त रकम भारतबाट के कसरी आएको बारे अनुसन्धानपछि खुल्ने बताए । भारतीय बजारमा नेपाली ग्राहकबाट जम्मा भएको उक्त रकम हुन्डी कारोबारीले ल्याएको हुन सक्ने प्रहरीको अनुमान छ ।
नेपाली ग्राहकले सीमाबर्ती भारतीय बजारमा किनमेल गर्दा बुझाएको रकम भारतीय व्यापारीहरूले अवैध रूपमा नेपालतर्फ ल्याउने गरेको प्रहरी स्रोतले बताए ।

नेपालतर्फ ल्याएको रकम बराबरको यसअघि सुन वा हुन्डीमार्फत भारतमा नै भारतीय रुपैयाँ व्यापारीले लिँदै आएको प्रहरी स्रोतको भनाइ छ । भारतबाट नेपाली रुपैयाँ यहाँ ल्याउने र यहाँबाट सुन वा हुन्डीमार्फत भारतमा नै पैसा भुक्तानी दिने व्यवस्था हुन्डी कारोबारीहरूले मिलाउँदै आएकोउनी भन्छन् ।

प्रहरी उपरीक्षक बिसीले मुद्रा विनिमय ऐन वा सम्पत्ति शुद्धीकरण वा राजस्व अनुसन्धानअन्तर्गत कुन मुद्दा चल्ने हो त्यहीअनुसार मुद्दा दर्ता गरेर कारबाही प्रक्रिया अघि बढाउने बताए काे खबर कान्तिपुरमा छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement