भारतीय जासूसी ड्रोन पाकिस्तानले खसालेको सेनाको दावी

भारतीय जासूसी ड्रोन पाकिस्तानले खसालेको सेनाको दावी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – पाकिस्तानले भारत-पाकिस्तान सीमा क्षेत्रमा भारतको जासूसी विमान खसालेको दावी गरेको छ । पाकिस्तानी सेनाले विज्ञप्ति जारी गर्दै नियन्त्रण रेखाको हवाई क्षेत्रको उल्लंघन गर्दै आएको भारतको एक जासूसी ड्रोन खसालेको जनाएको छ । यो घटना नियन्त्रण रेखा नजिक रहेको हाट स्प्रिगं क्षेत्रमा भएको हो ।

पाकिस्तानी सेनाकाअनुसार भारतको जासूसी ड्रोन नियन्त्रण रेखाको ८ सय ५० मीटर भित्र पाकिस्तानको कब्जा रहेको जमीनभित्र प्रवेश गरेपछि गिराइएको थियो । सेनाले यो सहित ९ वटा भारतिय जासूसी विमानमाथी मार गिराएको जनाएको छ ।

गत साल जम्मू कश्मीरको पुलवामा केन्द्रिय रिजर्व पुलिस बलमाथी भएको आत्मघाती हमालामा ४० जनाको मृत्यु भएपनि २६ फरवरीमा पाकिस्तानको बालाकोट स्थित जैश ए मोहम्मदको प्रशिक्षण केन्द्रमा भारतीय वायु सेनाले एयर स्ट्राइक गरेपछि दुवै देशबीच तनावपूर्ण सम्बन्ध जारी छ ।