भारतीय स्वास्थ्यमन्त्री र सांसद प्रदीप यादवबीच दिल्लीमा भेटवार्ता

भारतीय स्वास्थ्यमन्त्री र सांसद प्रदीप यादवबीच दिल्लीमा भेटवार्ता


काठमाण्डु – जनता समाजवादी पार्टीका केन्द्रिय सदस्य एवम प्रतिनिधिसभा सदस्य सासद प्रदीप यादव र भारतको केन्द्रीय सरकारका स्वास्थ्य तथा परिवार कल्याण मन्त्री डा. हर्षबर्धनबिच भेटवार्ता भएको छ ।

हालै भारतको अनौपचारिक भ्रमणमा राजधानी दिल्ली पुगेका सांसद यादवले दिल्लीको स्वास्थ्य मन्त्रालयमा पुगेर स्वास्थ्य मन्त्री हर्षबर्धनसँग भेटवार्ता गरेका हुन् ।

उनले भेटमा वर्तमान संकटपुर्ण घडीमा भारत सरकारले १० लाख डोज कोरानोको खोप सहायता स्वरुप प्रदान गरकोमा धन्यवाद व्यक्त गरे ।

त्यस्तै भारतले नेपालमा भुकम्प बाढी पहिलो र अन्य संकटको बेला नेपाललाई सहयोग गर्दै आएको प्रसङ्ग समेत जोड्दै भारत सरकार र त्यहाँको स्वास्थ्य मन्त्रालयलाई सासद यादवले धन्यवाद व्यक्त गरेका थिए ।

भारतमा सत्तारुढ भारतीय जनता पार्टीको बिहार प्रान्तका उपाध्यक्ष एवं मुज्जफरपुरका लोकसभा सदस्य ‘सासद’ अजय निषाद लगायतका नेताहरुको बिशेष उपस्थितीमा भएको उक्त भेटवार्तामा नेपालको वीरगन्जमा भारतमा आधुनिक उपचारको लागि विश्वस्तरमा चिनिएको संस्था ‘अल इण्डिया इन्टिच्युट अफ मेडिकल साइन्स’ (एआइएमएस) हस्पिट दिल्लीको शाखा नेपालको वीरगन्ज स्थापना गर्नसमेत सासद सादवले मन्त्री बर्धनसंग बिशेष माग गरेका छन् ।

स्वास्थ्य मन्त्रीलाई ज्ञापनपत्र दिदै नेपालको तराइ तथा भारतीय सिमावर्ती जनताहरुको अत्याधुनिक स्वास्थ्य सेवा प्रदान गर्ने उदेश्यका साथ प्रदेश नम्बर २ को सरकारसँग सहकार्य गर्दै एआइएमएस हस्पिटलको शाखा उपलब्ध गराउन अनुरोध गरेका थिए । उक्त हस्पिटलले हालसालै भारतका बिभिन्न पाँच सहरमा शाखा स्थापना गरेको छ ।