भारतीय युद्धक विमान जम्मू-कश्मिरमा दुर्घटना, दुई पाइलटको मृत्यु

भारतीय युद्धक विमान जम्मू-कश्मिरमा दुर्घटना, दुई पाइलटको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नयाँदिल्ली – भारत प्रशारित जम्मू कश्मिरको बडगाम जिल्लामा बुधवार बिहानै १० बजेर ४० मिनेट जाँदा भारतीय वायु सेनाको युद्धक विमान दुर्घटनाग्रस्त भएको छ ।  उक्त दुर्घटनामा दुई पाइलटको ज्यान गएको छ दुर्घटनाको कारण भने खुल्न सकेको छैन् ।

सञ्चारमाध्यमका अनुसार विमान खेतमा गएर खसेको थियो र त्यसलगत्तै आगो लागेको थियो। स्रोतका अनुसार सेनाको उक्त विमान भारत प्रशासित काश्मिर क्षेत्रमा गस्तीमा थियो। विमान दुर्घटनामा परी ज्यान गुमाउने पाइलटको पहिचान हुन सकेको छैन।

हिजो बिहान मात्रै भारतीय वायुसेनाको विमानले पाकिस्तानको बालाकोट नजिक रहेको ’जैश-ए-मोहम्मद’को एक क्याम्पमा बम खसाली ध्वस्त पारेको दाबी गरेको थियो।

यसैबीच पाकिस्तानी युद्धक जेट विमानले भारतीय सिमा रेखा पार गरेको समाचार संस्था पिटिआइले जनाएको छ। विमान दुर्घटनापछि कास्मिर श्रीनगर एयरपोर्टको गैर सैनिक सिंग्नल बन्द गरेको छ।