काठमाण्डु – भारतको प्रमुख प्रतिपक्षी दल भारतीय कांग्रेसले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहलाई शुभकामना दिएको छ।
पार्टीका अध्यक्ष मल्लिकार्जुन खड्गेले सामाजिक सञ्जाल एक्समार्फत प्रधानमन्त्री शाहलाई बधाई दिएका हुन्।
खड्गेले लेखेका छन्, ‘भारतीय राष्ट्रिय कांग्रेसको तर्फबाट, म श्री बालेन्द्र शाहलाई नेपालको प्रधानमन्त्रीको रूपमा शपथ ग्रहण गरेकोमा हार्दिक बधाई व्यक्त गर्दछु।’
उनले नेपाल–भारत सम्बन्ध गहिरो जरा गाडेको जनता–जनता सम्बन्ध र साझा सांस्कृतिक सम्पदामा आधारित रहेको चर्चा गर्दै लेखेका छन्, ‘हामी विश्वस्त छौं कि यो दिगो साझेदारी अझ सुदृढ हुनेछ, जसले हाम्रा जनताको लागि शान्ति, समृद्धि र पारस्परिक प्रगतिलाई बढावा दिनेछ।’
यसअघि सत्तारूढ भारतीय जनता पार्टीका नेता एवं भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पनि शाहलाई बधाई दिएका थिए।





प्रतिक्रिया