नेपालमा सय रुपैयाँभन्दा ठूला दरका भारतीय रुपैयाँ चल्ने (सूचनासहित)

नेपालमा सय रुपैयाँभन्दा ठूला दरका भारतीय रुपैयाँ चल्ने (सूचनासहित)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपालमा अब एक सय रुपैयाँभन्दा ठूला दरका भारतीय रुपैयाँ चल्ने भएको छ ।

भारतीय केन्द्रीय बैंक (रिजर्भ बैंक अफ इन्डिया आरबीआई) ले नेपालमा ठूला दरका भारु चलाउन अनुमति दिएसँगै एक सयभन्दा माथिका रुपैयाँ चल्ने भएको हो । हाल नेपालमा एक सय रुपैयाँ दरको भारतीय रुपैयाँ मात्र चलनचल्तीमा छ । भारतले अनुमति दिएसँगै सयसँगै ठूला दरका भारतीय रुवैयाँ चलाउन पाइने छ ।

तर, उक्त व्यवस्था कार्यान्वयनका लागि राष्ट्र बैंकले परिपत्र जारी गर्न बाँकी । राष्ट्र बैंकले निर्देशन दिएपछि ठूला दरका भारतीय रुपैयाँ चलनचल्तीमा ल्याउन पाउनेछन् ।

हाल भारतमा ठूला दरका १ सय, २ सय र २ हजार दरका नोट चलनचल्तीमा छन् । तर, सन् २०२३ देखि भारतले २ हजार दरका नयाँ नोट छाप्न छाडेको छ । यसकारण आरबीआईले गरेको नयाँ व्यवस्थाले २ सय र ५ सय दरका भारतीय रुपैयाँ नेपालमा सटहीका लागि बाटो खोलिदिएको हो ।

साथै आरबीआईले नेपाली र भारतीय रुपैयाँ ल्याउन लैजान पाउने विगतको व्यवस्था संशोधन गरेको छ ।

विदेशी मुद्रा प्रबन्ध (करेन्सी निर्यात तथा आयात) संशोधन विनियमावली २०२५ जारी गर्दै आरबीआईले भारतबाहिर नेपाल र भुटानमा भारतको मुद्रा र रिजर्व बैंकको भारतीय नोट (१०० मूल्यदेखि माथिका नोटबाहेक) लैजान र ल्याउन सक्ने व्यवस्था गरेको हो।

संशोधित व्यवस्थाअनुसार भारतबाहिर नेपाल वा भुटान यात्रामा जानेले भने भारतीय १०० भन्दा बढी मूल्यका नोट २५ हजारसम्म लैजान पाउने पनि भएका छन्।

त्यसैगरी नेपाल र भुटानबाट भारतमा भारुतीय नोट (१०० मूल्यमाथिका नोट छोडेर) ल्याउन सक्ने व्यवस्था गरिएको छ। नेपाल वा भुटानबाट भारत यात्रामा आउने व्यक्तिले भने १०० भारतीयभन्दा बढी मूल्यका ठूला नोट २५ हजारसम्म भारत ल्याउन पाउने भएका छन्। पछिल्लो व्यवस्था पाकिस्तान वा बंगलादेशका नागरिकलाई भने दिइएको छैन।