मोदीले मनाए सैनिकहरुसँग दिपावली

मोदीले मनाए सैनिकहरुसँग दिपावली

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले जम्मु कश्मीरको नौशेरामा सैनिकहरूसँग दीपावली मनाएका छन् । सैनिकहरूको हौसला बढाउन भन्दै मोदीले यो वर्ष सैनिकहरुसँग मिलेर दिपावली मनाएका हुन् ।

उनले कर्तव्यपालनको सिलसिलामा ज्यान गुमाउने सैनिकहरूलाई श्रद्धाञ्जलि दिएका थिए । उनले भने, ‘सबैजना दिवाली परिवारसँग बिताउन चाहन्छन् । म पनि त्यसै गर्न चाहन्छु । त्यसैले म परिवारसँग दिवाली मनाउन आज यहाँ आइपुगेको छु ।’

‘तपाईंहरूले गर्दा हाम्रो देशमा मानिसहरू शान्तिपूर्वक सुत्न पाइरहेका छन् र पर्वको बेलामा खुशियाली मनाइरहेका छन्,’ मोदीले बताए ।