प्रहरीलाई थाहै नदिइ अमृतपालकाे खोजिमा भारतीय सुरक्षा अधिकारी नेपालमा

प्रहरीलाई थाहै नदिइ अमृतपालकाे खोजिमा भारतीय सुरक्षा अधिकारी नेपालमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- भारतमा खलिस्तानको अभियान चलाइरहेका अमृतपाल सिंह नेपालमा रहेको आशंका गरिएको छ । भारतीय दूतावासले उनी नेपालमा लुकेर बसेको हुनसक्ने आशंका गरेको हो । यसबैची अमृतपालको खाेजिमा भारतीय सुरक्षा अधिकारीहरु नेपाल आएका छन् ।

उनीहरू चैत २० गते अघि नै नेपाल आएको बुझिएको छ । यसभन्दा अघि काठमाण्डुस्थित भारतीय दूतावासले अमृतपाललाई निगरानी सूचीमा राख्न अध्यागमन विभागलाई पत्र लेखेको थियो ।

भारतीय दूतावासले पत्र पठाएपछि उनलाई अध्यागमन विभागले ‘निगरानी सूची’मा समावेश गरेको थियो । भारतमा तिव्र खोजि गरेपनि अमृतपाल नभेटिएपछि सिमा क्षेत्रबाट नेपाल छिर्न सजिलो हुने भएकाले उनी नेपालमा लुकेको हुन सक्ने भारतीय सुरक्षा अधिकारीहरुको दाबी छ ।

हाल भारतीय सुरक्षा अधिकारीहरुले अमृतपाललाई नेपालमा खोजि गरिरहेका छन् । यता नेपाल प्रहरीले भने अमृतपालको खोजिमा भारतीय सुरक्षा अधिकारीहरु नेपाल नआएको बताएको छ । नेपाल प्रहरीका केन्द्रीय प्रबक्ता पोषराज पोखरेलले अमृतपालको खोजिमा भारतीय सुरक्षा अधिकारीहरु नेपाल नआएको दाबी गरे ।

अमृतपाल पनि नेपालमा नरहेको उनको भनाई छ । ‘पहिलो कुरा अमृतपाल नेपालमा छैनन् । यदि अमृतपाल नेपालमा लुकेर बसेको भए हामीले पक्राउ गरिसक्थ्यौँ । अमृतपाल नेपालमा रहेको भन्ने कुरा झुटो हो । अर्को कुरा भारतीय सुरक्षा अधिकारीहरु नेपाल आएको भन्ने हामीलाई कुनै जानकारी छैन । उनीहरु नेपाल पनि आएका छैनन् ।’, उनले भने ।