एजेन्सी – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दिल्लीबाट अयोध्याका लागि प्रस्थान गरेका छन् । उनी भारतीय वायुसेवाको विमान चढेर दिल्लीबाट लखनउ तर्फ उडेका हुन् ।
अयोध्यामा राम मन्दिर बन्ने भएपछि उक्त मन्दिरका शिलान्यास गर्न प्रधानमन्त्री मोदी अयोध्या प्रस्थान गरेका हुन् ।
मोदी अयोध्या आउने भएपछि अवाञ्छित र आतंकी घुसपैठ नहोस् भनेर सीमामा समेत उच्च सुरक्षा सतर्कता अपनाइएको छ ।
सुरक्षाकै कारण नेपाल–भारत सीमा नाकामा एसएसबीका तालिम प्राप्त कुकुरसमेत परिचालन गरी जाँच थालिएको छ भने दसगजा क्षेत्रमा पनि निगरानी बढाइएको छ ।
सादा पोसाकका प्रहरीका अलावा एसएसबी, उत्तर प्रदेश प्रहरी, रेल्वे प्रहरी र सीमामा क्रियाशील गुप्तचर एजेन्सीसमेत सक्रिय रूपमा खटिएका छन् ।




प्रतिक्रिया