एजेन्सी – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लकडाउन गर्नुपरेको भन्दै माफी मागेका छन् । प्रधानमन्त्री मोदीले मासिक रेडियो सम्बोधन ‘मन की बात’मार्फत भारतमा कडा निर्णय गरेको भन्दै आज जनतासँग माफी मागेका हुन् ।
विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस फैलिन नदिनको लागि भारत सरकारले लकडाउनको कडा निर्णय लिएको थियो । सोही निर्णय लागु भएसँगै भारतका विभिन्न स्थानमा हजारौं कामदार तथा मजदुरहरु भोकभोकै अलपत्र परेका छन् ।
प्रधानमन्त्री मोदीले भनेका छन्, ‘मैले लिनु परेको केही कठिन निर्णयले गर्दा आम जनतामा पर्न गएको असुविधालागि म राष्ट्रसँग माफी माग्दछु । तर तपाईँहरुको रक्षाको लागि मैले यस्तो निर्णय लिनुपर्ने थियो ।’ दुई सातादेखि भारतमा लकडाउन छ । दोस्रो पटक सरकारले २१ दिनको लागि लकडाउन घोषणा गरेको हो ।
सरकारी घोषणासँगै हजारौँ कामदार तथा कामका लागि सहरमा बस्दैआएका गाउँका मजदुरहर हतारमा घर फर्किन बाध्य भएका हुन् । यातायात बन्द हुँदा उनीहरु अलपत्र परेका छन् ।
शनिबार मात्रै ३८ वर्षीय एकजना दिल्लीबाट २ सय किलोमिटरको बाटो मध्यप्रदेशतर्फ पैदल हिँड्दै गर्दा हृदयघातका कारण बाटोमै मृत्यु भएको भारतीय च्यानल एनडिटिभीले जनाएको छ ।




प्रतिक्रिया