दोस्रो प्रयासमा चन्द्रमा छुन उड्यो भारतीय यान

दोस्रो प्रयासमा चन्द्रमा छुन उड्यो भारतीय यान

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नयाँदिल्ली – भारतले सफलताका साथ चन्द्रयान–२ को प्रक्षेपण गरेको छ। चन्द्रमामा यान पठाउने महत्वाकांक्षी परियोजना अन्तरगत इन्डियन स्पेस रिसर्च अर्गनाइजेसन (आइएसआरओ) ले निर्माण गरेको उक्त यान सोमबार दिउसो ३ बजे आन्ध्र प्रदेशको श्रीहरिकोटाबाट प्रक्षेपण गरिएको हो।

आइएसआरओले उक्त अन्तरिक्षयान ’एक अर्ब सपनाहरूलाई चन्द्रमा लैजान पहिले भन्दा अझ प्रतिबद्ध’ भएको उल्लेख गरेको छ। भारतीय अन्तरिक्ष निकायले १५ करोड डलर लागतको उक्त परियोजना अन्तर्गत पहिलो चोटी कुनै अन्तरिक्षयानले चन्द्रमा दक्षिणी धुव्रमा अवतरण गर्ने उल्लेख गरेको छ।

यसअघि जूलाई १५ तारिखमा उक्त यान प्रक्षेपण गरिने घोषणा भारतले गरेको थियो। तर निर्धा्रित समयभन्दा ५६ मिनेट अघि प्रक्षेपण गर्ने वाहनमा प्राविधिक समस्या देखिएको भन्दै त्यसलाई स्थगित गरिएको थियो।

भारतीय सञ्चारमाध्यमले तापक्रमसँग सम्बन्धित इन्जीनमा रहेको हिलियम ग्यासको बोटलमा देखिएको चुहावटका कारण समस्या देखिएको उल्लेख गरेको छ। विलम्ब भएपनि चन्द्र मिसनलाई साथ दिएको भन्दै आइएसआरओले सबैलाई धन्यवाद दिएको छ। भारतको पहिलो चन्द्र अभियान चन्द्रयान एक चन्द्रमा सतहमा अवतरण गरेको थिएन। तर त्यसले रेडारको प्रयोग गरि चन्द्रमा सतहमा पहिलो र एकदमै विस्तृत पानीको खोजी अघि बढाएको थियो।

चन्द्रयान दुईले हालसम्म कम अन्वेषण गरिएको चन्द्रमाको दक्षिणी धुव्रमा अवतरणको प्रयास गर्नेछ। यो अभियान अन्तर्गत चन्द्रमा सतहमा पानी र खनिजको खोज अघि बढाइनेछ भने चन्द्रमामा गएका कम्पनहरूको मापन पनि गरिने भनिएको छ।  आफ्नो १४ दिनको आयुमा प्रज्ञान नामक उक्त वाहनले करिव आधा किलोमिटरसम्म यात्रा गर्नसक्ने र विश्लेषणका लागि पृथ्वीमा तस्वीर पठाउन सक्ने बताइएको छ।

झण्डै एक हजार इन्जिनियर तथा वैज्ञानिकहरू यो मिसनमा खटिएका छन्। तर पहिलो पटक आइएसआरओले यस्तो प्रकृतिको अन्तरिक्ष दलमा महिलाहरूलाई नेतृत्वको जिम्मेवारी दिएको छ। दुई जना महिलाले भारतको चन्द्रमा यात्राको नेतृत्व गरिरहेको छन्। कार्यक्रम निर्देशक मुथया भनिथाले वर्षौ यता चन्द्रयान दुईलाई हेरिरहेको र त्यसलाई रितु कारीधालले अघि