आन्ध्र प्रदेश – भारतमा केमिकल प्लान्टमा ग्यास लिक हुँदा ८ जनाको मृत्यु भएको छ ।
आन्ध्र प्रदेशस्थित विशाखापटनममा एलजी पोलिमर्स इन्डिया प्रांइभेट लिमिटेडद्वारा सञ्चालित केमिकल प्लान्टमा ग्यास लिक हुँदा करिब दुई सय जना मानिस बिरामी परेका छन् । त्यस्तै ८६ जना मानिसलाई आईसियूमा राखिएको छ ।
ग्यास के कराणले लिक भयो भन्ने खुलेको छैन् । प्लान्टको व्यवस्थापनविरुद्ध मुद्दा दायर गरिएको छ ।
प्रहरीले आसपासका ५ गाउँ खाली गराएको छ । उनीहरुलाई मेघाद्री गेड्डा र अन्य स्थानमा सारिएको छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सामाजिक सञ्जाल ट्विटरमार्फत यस विषयमा अधिकारीहरूसँग छलफल भइरहेको बताउँदै सबै सुरक्षित र स्वस्थ रहून् भन्ने कामना गरेका छन् ।
स्थानीय समयअनुसार, बिहान साढे तीन बजे यो घटना भएको बताइएको छ । यो ग्यास प्लान्टबाट तीन देखि पाँच किलोमिटरसम्म फैलिएको अनुमान छ ।
Spoke to officials of MHA and NDMA regarding the situation in Visakhapatnam, which is being monitored closely.
I pray for everyone’s safety and well-being in Visakhapatnam.
— Narendra Modi (@narendramodi) May 7, 2020




प्रतिक्रिया