महिलाले क्लाइम्ब र गाइड गर्नु गर्वको कुरा हो : उपसभामुख राना

महिलाले क्लाइम्ब र गाइड गर्नु गर्वको कुरा हो : उपसभामुख राना

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – उपसभामुख इन्दिरा राना मगरले महिला हिमाल चढ्नु सशक्तीकरणको प्रतिबिम्ब भएको बताएकी छन् ।

पर्वतारोही एवं सामाजिक अभियन्ता माया गुरूङले तयार पारेको डकुमेन्ट्री ‘गर्ल्स रिराइटिङ डेस्टिनी’को विशेष प्रदर्शनी समारोहमा बोल्दै उपसभामुख रानाले चुलोचौकोमा सीमित महिला हिमाल चढ्नु गर्वको कुरा भएको बताइन् ।

‘महिलाले क्लाइम्ब गरेर, गाइड गरेर पुरूषलाई लान सक्छन् भन्ने प्रमाणित गरेका छन् । यो गर्वको कुरा हो । हिमाल चढ्न कठिनाइ छ, चुनौती छ तर त्यो चुनौतीलाई महिलाले सामना गर्न सक्षम भएका छन् । सामाजिक चुनौतीलाई पनि महिलाले ह्याण्डिल गरेका छन्,’ उनले भनिन् ।

आफू पनि चुनौती पार गरेरै जेलका बच्चाको हेरचाहमा लागेको भन्दै थपिन्, ‘घरमा घाँस दाउरामा बस्ने महिला हिमालमा पुग्नु शक्तिशाली महिलाको परिचय हो । यसको लागि तपाईंहरूलाई धन्यवाद छ ।’

सन् २००८ मा सगरमाथा आरोहण गरेकी गुरूङले किशोरी तथा युवतीलाई क्लाइम्बिङ र गाइडमा प्रवर्द्धन गर्दै आएकी छन् । २०० भन्दा बढी युवतीलाई तालिम दिएर हिमाल यात्राका लागि सशक्तीकरण गर्दै आएकी छन् ।

कार्यक्रममा मेलम्ची नगरपालिका प्रमुख आइतमान तामाङले भनिन्, ‘हिमाल चढ्नका लागि सहयोग गर्न तयार छ । सँगै यात्रा गर्नेछौं । सहयोग हुन्छ ।’