खुम्बु पुगेर गायिका इन्दिरा जोशीले गरिन् इन्गेजमेन्ट


काठमाण्डु – गायिका इन्दिरा जोशीले इन्गेजमेन्ट गरेकी छन् । उनले बिहीबार खुम्बु पुगेर फेसन डिजाइनर शरद केडियासँग इन्गेजमेन्ट गरेकी हुन् ।

गायिका जोशीले इन्गेजमेन्ट गरेको तस्बीर सार्वजनिक गर्दै शरदले प्रेम प्रस्ताव राखेको बताइन् । उनले लेखेकी छन्, ‘उनले मलाई सोधे– के तिमी मसँग विवाह गर्छौ ? अनि मैले भनेँ– गर्छु । म तिमीलाई माया गर्छु शरद ।’

उनीहरु केही समय अगाडि देखि प्रेम सम्बन्धमा थिए । क्याप्टेन विवेक थापाले टिकटक अकाउन्टमा इन्गेजमेन्ट गरेको तस्बीर सार्वजनिक गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement