काठमाण्डु– उपसभामुख इन्दिरा रानामगर दक्षिण अफ्रिका उडेकी छिन् ।
राना ‘अफ्रिकामा लोकतन्त्रको पुनःपरिकल्पना, विश्वव्यापी दक्षिणका तुलनात्मक अनुभवहरू’ विषयक उच्चस्तरीय संवादमा भागलिन त्यसतर्फ गएकी हुन् ।
उनले यही असार ५ र ६ मा दक्षिण अफ्रिकाको प्रिटोरिया सहरमा हुने इन्टरनेशनल इन्स्टिच्युट फर डेमोक्रेसी एण्ड इलेक्टोरल असिस्टेन्स (आइडिइए), ओपन सोसाइटी फाउण्डेशन र दक्षिण अफ्रिकाको अन्तरराष्ट्रिय सहयोग तथा सम्बन्ध विभागको आयोजनामा लिने कार्यक्रम छ ।
उनी जेठ ८ गते स्वदेश फर्किनेछिन् ।




प्रतिक्रिया