काठमाण्डु – उपसभामुख इन्दिरा राना मंगलबार चीन प्रस्थान गरेकी छन् ।
७ दिने औपचारिक भ्रमणका लागि उपसभामुख राना चीन प्रस्थान गरेकी हुन् ।
चीनको स्वशासित क्षेत्र तिब्बतमा २ देखि ५ जुलाईसम्म आयोजना हुने चौथो चाइना सिज्याङ ट्रान्स–हिमालयन फोरम फर इन्टर नेसनल कर्पोरेससनमा भाग लिन उनी अपराह्न १२ बजे छेन्दुतर्फ प्रस्थान गरेकी छन् ।
उनले फोरममा प्रमुख वक्ताको रूपमा सम्बोधन गर्ने कार्यक्रम रहेको जनाइएको छ । भ्रमण दलमा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्वाङ र उपसभामुखका स्वकीय सचिव कुमार नेपाली सहभागी छन् ।
फोरममा हिमाली क्षेत्रका यातयात, कृषि तथा औद्योगिक क्षेत्रका साझा मुद्दाबारे बहस हुनेछ । उपसभामुख राना असार २४ गते स्वदेश फर्किने कार्यक्रम छ ।




प्रतिक्रिया