इन्डोनेसियाको पूर्वी प्रान्तमा गोली हानी ३१ मजदुरको हत्या

इन्डोनेसियाको पूर्वी प्रान्तमा गोली हानी ३१ मजदुरको हत्या

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी – इन्डोनेसियाको पूर्वी प्रान्त पपुवास्थित एक निर्माण क्षेत्रमा संलग्न कम्तीमा ३१ जना मजदुरको हत्या भएको छ। इन्डोनेसियाको पहाडी गाउँ नदुगा क्षेत्रमा सडक र पुल निर्माणमा संलग्न ३१ मजदुरलाई बन्धुकधारीले गोली हानी हत्या गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

मजदुर हत्याको विषयमा छानबिन गर्न गएको सुरक्षाकर्मीको टोलीमा संलग्न एक जनाको समेत गोली हानी हत्या भएको अधिकारीहरूले जनाएका छन्। प्रहरीले घटनामा पृथकतावादीको संलग्नता रहेको आरोप लगाएको छ। यो घटनालाई पृथकतावादीले गरेको भीषण आक्रमणको रूपमा लिइएको छ।