हेटौंडा – बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले प्रदेश सभामा विश्वासको मत पाएका छन् ।
मंगलबार बागमती प्रदेश सभाको बैठकमा उनले विश्वासको मत पाएका छन् ।
प्रदेश सभामा ११० सदस्यीय बागमती प्रदेश सभामा उनका पक्षमा ६३ मत आएको छ । नेकपा एमाले र कांग्रेस गठबन्धनबाट बानियाँ साउन २० गते मुख्यमन्त्री नियुक्त भएका थिए ।
यसअघि निवर्तमान मुख्यमन्त्री बहादुरसिंह लामालाई राजीनामा गर्न लगाएर कांग्रेसले बानियाँलाई मुख्यमन्त्री बनाएको हो । संसदीय दलको निर्वाचनबाट बानियाँ दलको नेता निर्वाचित भएका थिए ।




प्रतिक्रिया