इन्द्रसरोवरमा पानीको बहाव बढ्यो, पृथ्वी राजमार्गमा सवारी आवागमन रोक

इन्द्रसरोवरमा पानीको बहाव बढ्यो, पृथ्वी राजमार्गमा सवारी आवागमन रोक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – अविरल वर्षाले इन्द्रसरोवर तालमा पानीको बहाव बढेको छ।

आइतबार बिहान ६ः३० बजेसम्म पानीको बहाव १ हजार ५२५.१५ क्युसेक पुगेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

यसैबीच, लगातारको वर्षाका कारण पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीर नजिक र ज्यामिरे क्षेत्रमा पहिरो खसेर सडक दुईतर्फी अवरुद्ध भएको छ।

जिल्ला प्रशासन कार्यालय चितवन र जिल्ला प्रशासन कार्यालय धादिङले छुट्टाछुट्टै सूचना जारी गर्दै अर्को सूचना नभएसम्म पृथ्वी राजमार्गमा सवारीसाधनको आवागमन पूर्ण रूपमा रोक लगाएका छन्।

आइतबारदेखि पोखरातर्फ जाने सवारीसाधनलाई चितवनतर्फ जान दिइएको छ। तर कृष्णभीर र ज्यामिरे क्षेत्रमा पहिरोका कारण राजमार्गको आवागमन प्रभावित भएको प्रशासनले जनाएको छ।

वर्षाका कारण पहिरो खस्ने क्रम जारी रहेकाले यात्रुलाई सडकको अवस्था बुझेर मात्र यात्रा गर्न र सम्बन्धित प्रशासनको सूचनालाई पालना गर्न आग्रह गरिएको छ।