प्रोफेसनल एजुकेसन कन्सल्टेन्सीको ब्रान्ड एम्बेसडरमा इन्दु बर्मा

प्रोफेसनल एजुकेसन कन्सल्टेन्सीको ब्रान्ड एम्बेसडरमा इन्दु बर्मा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– नेपाली महिला क्रिकेट टिमकी कप्तान इन्दु बर्मा प्रोफेसनल एजुकेसन कन्सल्टेन्सीको ब्रान्ड एम्बेसडरमा नियुक्त भएकी छिन् । 

होटल भिवान्तामा पत्रकार सम्मेलन गरि प्रोफेसनल एजुकेसन कन्सल्टेन्सी र बर्माबीचको सम्झौतापत्रमा हस्ताक्षर गरिएको हो । 

प्रोफेसनल एजुकेसन कन्सल्टेन्सीले खेलकुद प्रवर्द्धन र प्रभावशाली भूमिका मोडेलहरूको माध्यमबाट युवाहरूलाई प्रेरित गर्ने प्रतिबद्धता गरेको छ । 

बर्माले आफ्नो यात्रा र युवा खेलाडीहरूलाई ठूलो सपना देख्न र आफ्नो प्रयासमा दृढ रहनको लागि प्रेरित गर्ने बताइन्। ब्रान्ड एम्बेसडर बन्नु आफ्नो लागि  गौरव र जिम्बेवारीको विषय भएको बताउँदै  उनले  नेपाली क्रिकेट क्षेत्रमा महिलाको उज्यालो भविष्य कसरी बनाउने भन्ने पट्टी लाग्ने बताइन् । 

प्रोफेसनल एजुकेसन कन्सल्टेन्सी ले तिन दशक भन्दा बढीको अनुभवसहित एजुकेसन कन्सल्टेन्सीमा आफ्नो छुट्टै पहिचान बनाउन सफल भएको छ । 

कन्सल्टेन्सीले महिला सशक्तीकरण र युवाहरूको विकासका लागि विभिन्न पहलमा निरन्तर प्रतिबद्धता देखाएको छ।