काठमाण्डु – सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाकी इनिशा विक मृत्यु प्रकरणमा दोषीलाई कारवाहीको माग गर्दै काठमाण्डु र हेटौँडामा विद्यार्थीहरूले प्रदर्शन गरेका छन् ।
फागुन २३ सुर्खेतको वीरेन्द्रनगर नगरपालिका– ४, स्थित जनजागरण सामुदायिक वनमा अचेत अवस्थामा विकको शव फेला परेको थियो । प्रहरीको प्रारम्भिक अनुसन्धानले १६ वर्षीया इनिशाको बलात्कारपछि हत्या भएको खुलेको छ।
बिक हत्या प्रकरणका दोषीलाई कारबाही माग गर्दै काठमाण्डु र हेटौंडामा विद्यार्थीहरूले प्रदर्शन गरेका छन् । आइतबार हेटौंडामा रहेको विभिन्न क्याम्पसमा अध्ययनरत विद्याथीहरूले प्रर्दशन गरेका हुन ।
यस्तै काठमाण्डुको रत्नराज्य क्याम्पसका विद्यार्थीहरूले पनि मौन प्रदर्शन गरेका हुन् । उनीहरूले बिकको हत्यामा दोषीलाई कारवाहीको माग गरेका हुन् ।










प्रतिक्रिया