लागूऔषध कारोबारमा संलग्न रहेको आशंकामा ललितपुर परिसरका इन्स्पेक्टर पक्राउ


काठमाडौं – लागूऔषध कारोबारमा संलग्न रहेको अभियोगमा महानगरीय प्रहरी परिसर ललितपुरमा कार्यरत प्रहरी निरीक्षक (इन्स्पेक्टर) रुद्र शाही पक्राउ परेका छन् ।उनलाई लागूऔषध नियन्त्रण व्यूरोले आज नियन्त्रणमा लिएको हो ।

हिजो पेप्सीकोलामा चलाइएको अपरेशनमा पक्राउ परेका व्यक्तिहरुमाथि अनुसन्धान गर्दै जाँदा इन्स्पेक्टर शाहीसँग कनेक्सन जोडिएको पाइएको छ । प्रहरीले बुधबार चलाएको अपरेशनमा ६ सय बोतल बढी औषधिजन्य लागूऔषध कोरेक्स बरामद भएको थियो ।

२० दिनअघिसम्म इन्स्पेक्टर शाही प्रहरी वृत्त सातदोबाटोमा कार्यरत थिए । उनको व्यवहार आपत्तिजनक भएको व्यापक जनगुनासो आएपछि उनलाई परिसर तानिएको थियो । प्रहरी स्रोतका अनुसार, इन्स्पेक्टर शाही लागूऔषध सेवनकर्ता हुन् । डिउटीमै लागूऔषध सेवन गरेर सेवाग्राहीलाई अनावश्यक दुःख दिने गरेको पाइएपछि उनलाई परिसर तानिएको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement