बलात्कार आरोप लागेका इन्स्पेक्टर ढुंगाना जेल चलान

बलात्कार आरोप लागेका इन्स्पेक्टर ढुंगाना जेल चलान

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – बलात्कार प्रयासको आरोप लागेका प्रहरी निरीक्षक (इन्सपेक्टर) अपूर्व ढुंगाना पुर्पक्षका लागि जेल चलान भएका छन्। धादिङ जिल्ला अदालतले मंगलबार उनलाई पुर्पक्षका लागि जेल चलान गरेको हो।

महिला प्रहरीमाथि बलात्कार प्रयासको आरोप लागेका अपूर्वलाई मंगलबार जिल्ला अदालत धादिङले पुर्पक्षको लागि थुनामा पठाएको हो।

उनीविरूद्धको अनुसन्धान सकेपछि सरकारी वकिलको कार्यालयले सोमबार अदालतमा मुद्दा दर्ता गरेको थियो। मुद्दा दर्ता भएसँगै मंगलबार बसेको इजलाशले उनलाई थुनामा पठाएको हाे

गत असोज १६ गते बिहान १ बजेतिर इन्स्पेक्टर अपूर्वले खानीखोलाकै ब्यारेक भित्र महिला प्रहरीमाथि बलात्कारको प्रयास गरेको आरोप छ। पीडित महिला प्रहरीले जाहेरी दिएपछि जिल्ला प्रहरी कार्यालय धादिङले उनलाई पक्राउ गरेको थियो।