इन्सपेक्टर जयनेपाल घुससहित पक्राउ


काठमाडौं – नेपाल प्रहरीका निरीक्षक (इन्सपेक्टर) जयनेपाल थापा पक्राउ परेका छन् ।

वैदेशिक रोजागरीको प्रयोजनका लागि ४० हजार घुस लिँदै गरेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई पाटनबाट पक्राउ गरेको हो ।

महानगरीय अपराध महाशाखामा कार्यरत थापा १३ औं दक्षिण एसियाली खेलकुद (साग)को सुरक्षाका लागि सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरको कमाण्ड पोष्टमा परिचालन गरिएका थिए । प्रहरीले उनी पक्राउ परेको पुष्टि गरेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement