इन्स्पेक्टरलाई घुस दिन खोज्ने गोरु व्यापारी पक्राउ

इन्स्पेक्टरलाई घुस दिन खोज्ने गोरु व्यापारी पक्राउ


काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रहरीलाई घुस दिन खोजेको अभियोगमा एक गोरु ब्यापारीलाई पक्राउ गरेको छ ।

स्याङ्जा वालिङको वडा प्रहरी कार्यालयका प्रहरी निरीक्षक (इन्सपेक्टर) लाई घुस दिन खोज्दा गोरु ब्यापारी रुपन्देहीको बसन्तपुर गाउँपालिका ४ का जहरुद्धिन तेली पक्राउ परेका अख्तियारका प्रवक्ता प्रदीप कोइरालाले जानकारी दिए ।

बुधबार प्रहरी निरीक्षक आफ्नै कार्यकक्षमा रहेका बेला गोरु ब्यापारमा सहयोग गर्नुपर्‍यो भन्दै तेलीले १५ हजार रुपैयाँ दिएको प्रहरीले जनाएको छ ।

त्यसपछि प्रहरीले रकमसहित तेलीलाई अख्तियारको जिम्मा लगाएको थियो । यस विषयमा अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।