एकैपटक ३ सय ६६ इन्स्पेक्टरको सरुवा (सूचीसहित)


काठमाण्डु – नेपाल प्रहरीका ३ सय ६६ प्रहरी निरीक्षक (इन्स्पेक्टर) को एकैपटक सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले वैशाखदेखि तलबभत्ता उपलब्ध गराउने गरी शुक्रबार साँझ उनीहरूको सरूवा गरेको हो ।

काभ्रेको इलाका प्रहरी कार्यालय बनेपामा राजन कोइराला र जिल्ला ट्राफिक कार्यालय बनेपामा प्रमिला श्रेष्ठलाई पठाइएको छ । काठमाण्डुको महानगरीय प्रहरी प्रभाग कपनमा भगवती तिमिल्सेना, बलम्बु प्रभागमा गणेशचन्द्र कोइराला र महानगरीय प्रहरी प्रभाग सानेपामा कृष्ण खड्कालाई सरुवा गरिएको छ ।

प्रहरी महानिरीक्षकको चैत २७ गतेको निर्णयअनुसार सरूवा गरिएको प्रहरी उपरीक्षक जनार्दन जिसीले जानकारी दिएका छन् ।

सरुवा भएका इन्स्पेक्टरको सूचीः

प्रतिक्रिया दिनुहोस
Advertisement