काठमाडौं – नेपालमा भारतीय इन्सुलेटर (नाङ्गो तार) र एबिसी केबल (ढाकिएका तार) आयातमा सहुलियत दिएपछि स्वदेशी उद्योगहरु धरासयी बन्दै गएका छन् ।
ठेकेदारले भ्याट पूर्ण माफी र भन्सार महसुलमा छुट पाएपछि भारतबाट आयात भएका कारण स्वदेशी तार उद्योगहरू मर्कामा परेका हुन् ।
नेपाल विद्युत् प्राधिकरण अन्तर्गत विद्युतीय ट्रान्समिसन लाइनको काम गर्ने ठेकेदारले एक प्रतिशतमात्र भन्सार महसुल तिरेर इन्सुलेटर र एबिसी केबल ल्याइरहेको पाइएको छ । ठेकेदारले पैठारी गरेको इन्सुलेटर र एबिसी केबलमा भ्याटमा पनि पूर्ण माफी दिइएको छ ।
प्राधिकरण र ठेकेदारलाई इन्सुलेटर र एबिसी केबल आपूर्ति गर्न नेपालका उद्योगहरू सक्षम रहेको उद्योगीहरुले बताएका छन् । भारतबाट नै यसरी पैठारी भएपछि नेपालका तार उद्योगीको २० अर्ब बराबरको व्यापार ठप्प भएको छ ।
कुनै पनि मालवस्तु १५ प्रतिशतसम्म महँगो भएमा सरकारी काममा स्वदेशकै उत्पादन प्रयोग गर्ने भन्ने सरकारी नीति रहे पनि त्यो व्यवहारिकतामा नदेखिएको उद्योगहीरले बताएका छन् ।
नेपालमा पायोनियर केबल, प्रिमियर वायर, लुम्बिनी विद्युत, नेपाल केबल, प्रकाश केबल लगायतका आधा दर्जनभन्दा बढी तारका उद्योग सञ्चालनमा छन् ।




प्रतिक्रिया