बीमाको जनचेतना जगाउन नेपाल–भारत सिमानामा राखियो होर्डिङ बोर्ड

बीमाको जनचेतना जगाउन नेपाल–भारत सिमानामा राखियो होर्डिङ बोर्ड

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – बीमा समितिले नेपाल–भारत सिमानामा होर्डिङ बोर्ड राखेको छ । भारतीय कम्पनीमा बीमा गराउने काम रोक्नको लागि बीमा समितिका अध्यक्ष चिरन्जिवी चापागाईँको उपस्थितीमा रुपन्देहीको बेलहिया नाकामा होर्डिङ बोर्ड राखिएको हो ।

कार्यक्रममा नेपाल इन्स्योरेन्स प्रोफेशनल सोसाइटी (निम्स)को लुम्बिनी क्षेत्रका पदाधिकारी समेत सहभागी थिए । ‘नेपाली बीमा कम्पनीमा बीमा गरौं, राष्ट्रिय अर्थतन्त्रमा सहयोग पुर्याउ’ भन्ने नाराका साथ होर्डिङ बोर्ड राखिएको छ । बीमा समितिले नेपाल भारत सिमा नाकामा नेपाली बीमा कम्पनीमा बीमा गर्नको लागि चेतना जगाउने होर्डिङ बोर्ड राख्ने नीति बनाएको छ ।

यस्तै निम्सले नेपाल अपांग आश्रम बुटव देवीनगरमा खाद्यान्य तथा आवश्यक सामाग्री समेत सहयोग गरेको छ । बीमा समितिका अध्यक्ष चापागाईँले सहयोग रकम हस्तान्तरण गरेका थिए ।