अन्तरजातीय विवाह गर्नेमाथि भएको अत्याचारबारे कांग्रेस सांसदले मागिन गृहमन्त्रीको जवाफ

अन्तरजातीय विवाह गर्नेमाथि भएको अत्याचारबारे कांग्रेस सांसदले मागिन गृहमन्त्रीको जवाफ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सर्लाहीमा अन्तरजातीय विवाह गर्ने जोडीमाथि भएको भनिएको बर्बरताबारे नेपाली कांग्रेसकै सांसदले गृहमन्त्री रमेश लेखकको जवाफ मागेकी छन् । कांग्रेस सांसद शान्ति विकले गृहमन्त्री लेखकले सत्य तत्य जानकारी दिन माग गरेकी हुन् ।

बिहीबारको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा सांसद विकले सत्येन्द्रराम चमार र नेहा रौनियारविरुद्ध भएको सरकारी व्यवहारले ६० लाख दलित समुदायको अपमान भएको बताइन् । उनले गृहमन्त्री लेखकको निर्देशनमा उनीहरूमाथि अपमानजनक व्यवहार भएको समाचारहरू आएकाले सत्यतथ्य के हो संसद्लाई जानकारी गराउनुपर्ने बताइन् ।

सर्लाहीको बरहथवा नगरपालिका– ४ का सत्येन्द्रकुमार राम (चमार) र बरहथवा– ५ की नेहा रौनियारलाई अन्तरजातीय प्रेम विवाह गरेकै कारण ज्यादती गरिएको समाचार बाहिर आएका छन् ।

गृहमन्त्री लेखक र उच्च प्रहरी अधिकारी नै विवाह दर्तासमेत गरिसकेका उनीहरूको सम्बन्ध तोड्न लागिरहेका छन् । उनीहरूलाई प्रहरीले भारत पुगेर पक्राउ गरी शक्तिको दुरुपयोग गरी सत्येन्द्रविरुद्ध बालविवाहको मुद्दा दायर गरिएको परिवारजनले जनाएका छन् ।

अन्तरजातीय विवाहलाई प्रोत्साहन गर्ने भने पनि व्यवहार त्यस्तो नभएको भन्दै सत्येन्द्र जोडीको घटनाबारे सत्य तथ्य सार्वजनिक गर्न सांसद्हरूले माग गरेका छन् ।