विदेशी नागरिकलाई मंसिर ३० गतेसम्म नेपाल प्रवेशमा प्रतिबन्ध

विदेशी नागरिकलाई मंसिर ३० गतेसम्म नेपाल प्रवेशमा प्रतिबन्ध

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सरकारले विदेशी नागरिकलाई मंसिर ३० गतेसम्म नेपाल प्रवेश गर्न रोक लगाएको छ । अध्यागमन विभागले एक सूचना जारी गर्दै मंसिर ३० गतेसम्म सबै अन्तराष्ट्रिय सीमानाबाट हुने आवागमन स्थगित गरेको जानकारी दिएको छ ।  गत कात्तिक २४ गते बसेको मन्त्रिपरिषद्को बैठकले मंसिर ३० गतेसम्म अन्तराष्ट्रिय सीमानाका बन्द गर्ने निर्णय गरेको थियो ।

नेपाल प्रवेश गर्ने विदेशी नागरिक, नेपालस्थित कूटनीतिक नियोग, अन्तराष्ट्रिय संघ संस्था र अन्तराष्ट्रिय गैरसरकारी संस्थाहरुमा कार्यरत विदेशी नागरिक तथा तिनका परिवार र नेपाली मुलका गैरआवासीय विदेशी नागरिक तथा तिनका परिवारका सदस्इहरुलाई यात्रा सुरु गर्नुभन्दा ७२ घण्टाभित्रको पिसिआर परीक्षण नेगेटिभ रिपोर्टका आधारमा प्रवेश अनुमति दिने बताइएको छ ।

विदेशी राहदानी वाहक यात्रुहरुले नेपाल आउनैपर्ने भएमा नेपाली कूटनीतिक नियोग (परराष्ट्र मन्त्रालय वा गृह मन्त्रालय वा संस्कृति पर्यटन तथा नागरिक उड्डयान मन्त्रालय वा विदेशस्थित नेपाली कूटनीतिक नियोग)को पूर्व स्वीकृति भएमा मात्र सरकारले तोकेको स्वास्थ्य सुरक्षा मापदण्ड पूरा गर्ने शर्तमा नेपाल आगमन अनुमति तथा आगमन बिन्दुमा प्रवेश भिसा जारी गरिनेछ’, सूचनामा भनिएको छ ।