नेपाली सेनाका थापाले पाए बेलायतमा ‘इन्टरनेसनल सोर्ड अफ अनर’, नेपालले पहिलो पटक पायो ‘इन्सट्रक्टर पास’

नेपाली सेनाका थापाले पाए बेलायतमा ‘इन्टरनेसनल सोर्ड अफ अनर’, नेपालले पहिलो पटक पायो ‘इन्सट्रक्टर पास’

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – बेलायतमा एक नेपाली सैनिकले अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गरेका छन् ।

बेलायतको स्यान्डहर्स्टस्थित रोयल मिलिट्री एकेडेमीमा तालिम लिन पुगेका २१ वर्षीय सेकेन्ड लेफ्टिनेन्ट पिटर थापाले ‘इन्टरनेसनल सोर्ड अफ अनर’ प्राप्त गरेका हुन् ।

२० वर्षयता नेपाली क्याडेटले उक्त अवार्ड पाएको यो पहिलो हो । विश्वका विभिन्न मुलुकका ३३ क्याडेट सहभागी उक्त तालिमका क्रममा उत्कृष्ट क्षमता प्रदर्शन गरेबापत थापाले उक्त अवार्ड पाएका हुन् ।

कमिसनिङ कोर्स समापनका क्रममा शुक्रबार बेलायती महारानीको प्रतिनिधित्व गर्दै उपस्थित जनरल सर प्याट्रिक स्यान्डर्सले थापालाई उक्त अवार्ड प्रदान गरे ।

यसबाहेक थापाले प्लाटुन कमान्डर पास समेत पाएका छन् । ब्रिटिस अफिसर क्याडेटलाई तालिम दिन योग्य उक्त ‘इन्सट्रक्टर पास’ नेपालले पहिलोपटक पाएको हो ।

थापाले अब कुनै पनि बेला रोयल मिलिट्री एकेडेमी स्यान्डहस्र्टमा आएर ब्रिटिस क्याडेटलाई २ वर्षसम्म प्रशिक्षण दिन सक्नेछन् ।