आज अन्तर्राष्ट्रिय बालअधिकार दिवस, विभिन्न कार्यक्रम गरि मनाईंदै

आज अन्तर्राष्ट्रिय बालअधिकार दिवस, विभिन्न कार्यक्रम गरि मनाईंदै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – आज नोभेम्बर २० तारिख अर्थात अन्तर्राष्ट्रिय बालअधिकार दिवस, नेपालमा पनि विविध कार्यक्रम गरी मनाइँदैछ । यस बर्षको नारा ‘बाल्यकालको कल्पना गरी हरेक बच्चाको लागि महामारी पछिको राम्रो संसार’ भन्ने तय भएको छ ।

विश्वभर बालबालिकाको उत्थान र जीवनशैलीमा सुधारका लागि हरेक वर्ष नोभेम्बर २० तारिखमा यो दिवस मनाउने गरिन्छ । २० नोभेम्बर १९९ मा संयुक्त राष्ट्रसंघले बाल अधिकार सम्बन्धी महासन्धि पारित गरेको हुनाले हरेक बर्ष २० नोभेम्बरका दिन अन्तर्राष्ट्रिय बाल अधिकार दिवस मनाउने गरिएको हो ।

नेपालले संयुक्त राष्ट्रसंघीय बाल अधिकार सम्बन्धी महासन्धिलाई १४ सेप्टेम्बर १९९० मा हस्ताक्षर गरेको थियो । नेपालमा बालबालिकाहरूको हक अधिकार संरक्षणका लागि बालबालिका सम्बन्धि ऐन २०४ र नियमावली २०५१, बालश्रम सम्बन्धि ऐन २०५६, बाल न्याय कार्यविधी लगायत लागू गरिएको छ ।

नेपालको संविधान २०७२ को मौलिक हक अन्तर्गत धारा ३९ मा बालबालिकाको अधिकार सुनिश्चित गरिएको छ । दिवसको अवसरमा हिजो बेलुका काठमाण्डुको रानीपोखरीमा निलो बत्ती बालिएको थियो । स्वास्थ्य मन्त्रालय, महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय तथा विभिन्न सङ्घसंस्थाको आयोजनामा निलो बत्ती बालिएको थियो ।