बन्दुकधारीद्धारा प्रहरी चौकीमा हमला, ५ प्रहरी मारिए

बन्दुकधारीद्धारा प्रहरी चौकीमा हमला, ५ प्रहरी मारिए

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी – दक्षिणी नागइजेरियाको इमो राज्यमा बन्दुकधारीको हमलाबाट ५ प्रहरी मारिएका छन् । सोमबार बन्दुकधकधारीहरुले इमो राज्यमा रहेको एक प्रहरी चौकीमा एक्कासी हमला गरेका थिए । सो हमलामा परी पाँच जना प्रहरी मारिएका हुन् ।

इमो राज्यका प्रहरी प्रवक्ताले उक्त राज्यमा रहेको सो प्रहरी चौकीमा ठूलो संख्यामा आएका बन्दुकधारीले हमला गर्दा पाँच जना प्रहरी अधिकारी मारिएको जानकारी दिएका छन् । उनले उक्त चौकीबाट ती बन्दुकधारीहरुले आफ्ना केही साथीहरुलाई पनि जेलमुक्त गरेर लगेको समेत बताएका छन् ।