पार्टी चलिरहेको ठाउँमा गोली प्रहार, तीन जनाको मृत्यु


एजेन्सी – अमेरिकाको क्यालिफर्नियामा गोली चल्दा तीन जनाको मृत्यु भएको छ भने ९ जना घाइते भएका छन् । उक्त घटनालगत्तै घटनास्थलमा पुगेको प्रहरीले आक्रमणकारीलाई पक्राउ गरेको द लस एजल्स टाइम्सले उल्लेख गरेको छ ।

मंगलबार बेलुका पौने ११ बजे भएको घटनाका आक्रमणकारी पक्राउ परे पनि उनको परिचय भने प्रहरीले सार्वजनिक गरेको छैन । प्रत्यक्षदर्शीका अनुसार उक्त ठाउँमा पार्टी चलिरहेको थियो । ४७ वर्षीय ओसवाल्डो मोरलेसका अनुसार आक्रमणकारीले १७ पटकसम्म गोली हानेका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement