बग्दादीकी दिदीलाई टर्किस सेनाले पक्रियो


एजेन्सी – टर्कीस सेनाले अमेरिकी सैन्य कारवाहीमा मारिएका इस्लामिक स्टेटका प्रमुख अबु बकर अल बग्दादीकी दिदीलाई पक्राउ गरेको छ ।
आन्तरिक गतिबिधिबारे सूचना पाउने अपेक्षासहित बग्दादीकी ६५ वर्षीया दिदी रश्मिया अवादलाई टर्की र सिरियाको सीमा नजिकैको अजाज नगरबाट पक्राउ गरिएको टर्कीस अधिकारीहरुले बताएका छन् । सिरियाको अलेप्पो प्रान्तमा पर्ने अजाज नगर हाल टर्कीको नियन्त्रणमा रहेको छ । उनी त्यहाँ आफ्ना परिवारसँग बस्दै आएको बताइएको छ ।

गत शनिवार अमेरिकाले सिरियामा बग्दादी लुकेर बसेका स्थानमा सैन्य कारवाही गरेको थियो । अमेरिकी अधिकारीहरुका अनुसार बग्दादीले सुरुङभित्रै आत्मघाती विस्फोट गराएका थिए । विस्फोटमा बग्दादीसँगै उनका तीन सन्तानको समेत मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement