पाकिस्तानी पूर्वप्रधानमन्त्री नवाज उपचारका लागि लण्डन उडे

पाकिस्तानी पूर्वप्रधानमन्त्री नवाज उपचारका लागि लण्डन उडे

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी – पाकिस्तानी पूर्वप्रधानमन्त्री नवाज सरिफ उपचारका लागि बेलायत प्रस्थान गरेका छन् ।

चौधरी सुगरमिल्स काण्डमा भ्रष्टाचार गरेको मुद्दा खेपिरहेका ६९ वर्षीय नवाज पछिल्लो केही महिनादेखि सिकिस्त विरामी भएका नवाज चिकित्सककै सल्लाह वमोजिम उपचारका लागि विदेश जान दिइएपछि मंगलबार उनी लण्डनका लागि उडेका हुन् ।

उनलाई लिन लाहोर विमानस्थलमा एकाबिहानै दोहाबाट एयर एम्बुलेन्स आइपुगेको बताइएको छ । उनीसँगै उनकी छोरी मरियम पनि सोही मुद्दामा जेलमै छिन् ।