एजेन्सी – अमेरिकाले अलास्कामा रुसको टोही विमानलाई रोकेको दावी गरेको छ । उत्तर अमेरिकी एरोस्पेस डिफेन्स कमाण्डले शनिबार अलास्काको नजिक रुसका दुई सैन्य टोही विमानलाई रोकेको उल्लेख गरेको छ ।
अमेरिकी–क्यानेडियन संयुक्त कमान नोराडका अनुसार रुसी टोही विमान हवाई रक्षा पहिचान क्षेत्रमा घुसेर ४ घन्टासम्म त्यहीँ बसेको थियो ।
नोराडको एफ–२२ का साथै केसी–१३५ स्ट्राटोटेकर्स र ई–३ सेन्ट्री एयरबर्न वार्निङ एन्ड कन्ट्रोल सिस्टम विमानले अलास्काको वायु रक्षा पहिचान क्षेत्रमा प्रवेश गर्दै गरेको रुसी टीयू–१४२ विमानलाई रोकेका थिए ।
यद्यपी रुसी विमानले कहिलेपनि अमेरिका वा क्यानडाको संप्रभु क्षेत्रमा प्रवेश गरेका थिएनन् । तर रुसी विमान अमेरिकी नौसेनाको आईसीईएक्सको नजिक घुम्न थाले, जहाँ पन्डुब्बी अभ्यास गरिरहेका थिए ।




प्रतिक्रिया