सुहागरातको समय श्रीमती लजालु नभएपछि…


एजेन्सी – चलचित्र नहेर्ने र चलचित्रका नायक नायिकालाई आदर्श मान्नेको संख्या करोडौं छन् र चलचित्रका दृश्यहरुलाई आफ्नो जीवनसंग तुलना गर्नेको संख्या पनि कम छैन । कतिपयले चलचित्रका दृश्य जस्तै आफ्नो जीवनको कल्पना गर्दछन् र त्यसो नभएमा उनीहरु निराशामा जान्छन् । हालै मात्र भारतमा यस्तै घटना सार्वजनिक भएको छ ।

दैनिक भास्करले अगस्ट २९, २०१९ मा सन २०१७ को घटनालाई हालै उजागर गरेको छ । घटना यतिबेला सार्वजनिक भयो, जब युवकले आफ्नी नवविवाहित दुलहीलाई चलचित्रकी नायिकाले विवाहको पहिलो रात देखाएको जस्तो व्यवहार देखाइनन् तब उनलाई आफ्नी श्रीमतीप्रति घृणा उत्पन्न भयो । नवविवाहित युवक (नाम परिवर्तन अर्जुन)ले फिल्महरू हेरेपछि हनिमून कस्तो हुन्छ भन्ने धारणा बनाएका थिए । तर वास्तवमा यो उसको वास्तविक जीवनमा हुन सकेन । उनले आशा गरेका थिए कि उनकी श्रीमती लजालु हुनेछिन् । उनी (श्रीमती नाम परिवर्तन रिया) को घुम्टो पनि थिएन, यसकारण ऊ डिप्रेसनमा आयो । यति सम्मकी अर्जुनले रियासँग सम्बन्ध तोड्नसम्म पुग्यो ।

घटना यस्तो थियो,
भोपाल निवासी अर्जुनकोे विवाह पछि जब सुहागरातको समय आयो, अर्जुन उनी खुशीसँग आफ्नो कोठामा आइपुगे । उनले बलिउड फिल्महरू हेरेर र गीतहरू सुनेर धेरै कुराहरु मनमा सिर्जना गरेको थिए । उनी आफ्नी श्रीमतीले घुम्टो लगाएको ओछ्यानमा बसिरहेको कुरा सोचिरहेको थिए, जुन अक्सर चलचित्रहरुमा देखाइएको हुन्छ । उनले आफ्नी श्रीमती लज्जित हुनेदेखि लिएर एक गिलास दूध पिलाउनेसम्मको सोचेर आएका थिए तर यस्तो केही भएन ।

जब उनी कोठाभित्र गए, उनकी श्रीमती घुम्टोमा थिइनन् । श्रीमतीलाई फरक रुपमा देखेपछि उनको मन भाँचियो किनभने उनकी नवविवाहित श्रीमती लजाइरहनुको साटो सजिलै कुरा गर्न थालिन् । यो कुरा युवकलाई यति नराम्रो लाग्यो कि उसले त्यो रात सुहागरात मनाएन बरु एउटा ओड्ने तानेर सुत्यो । त्यसबेलादेखि उनको मनमा श्रीमतीका लागि घृणा उत्पन्न हुन थाल्यो ।

दुई वर्षसम्म उनले विवाहित सम्बन्धलाई जसोतसो निभाउन सक्योे । तर हनीमूनको दिनको घटना उनको दिमागमा यति धेरै भरियो कि उनले सम्बन्धविच्छेद गर्ने निर्णय गरे । यसका लागि पारिवारिक अदालतमा निवेदन पनि दिइएको थियो । उनले अदालतमा भने, ‘आफ्नी श्रीमतीको चरित्र राम्रो छैन । अन्य पुरुषहरुसंग उसको सम्बन्ध छ ।’

अदालतमा मुद्दा पुगेपछि रियाले भनिन्, ‘हामीले २०१७ मा विवाह गरेका थियौं । उसले विवाहपछि मात्र मेरो घुम्टो हटायो । त्यसपछि उनी (अर्जुन) टाढा बस्न थाले । मैले उसको दिमाग जान्ने धेरै प्रयास गरें । तर उ मसँग कुरा गर्न तयार थिएन् । मैले सोचे कि यो उसको शारीरिक समस्या हो । तर यदि त्यसो हो भने, उसले मसँग कुरा गर्नुपर्छ ।’

जब परामर्शदाताले अर्जुनलाई यही प्रश्न गरे, उनले भने कि उनी शारीरिक रुपमा फिट छन् । उनलाई त्यस्तो कुनै समस्या छैन । उनी आफ्नी श्रीमतीको मनोवृत्तिलाई लिएर समस्यामा परेका थिए । अर्जुनका अनुसार रिया पहिलो रातमा लज्जित भइनन् । उनलाई अप्ठ्यारो जस्तो लागेको थिएन । सहजै खुलैर सबै कुराहरु गर्थिन् ।

अर्जुनले उनलाई छोए तर पनि रिया हिचकिचाइनन् । यी सबै व्यवहारले रियाको चरित्र खराब छ भनेर प्रमाणित गर्ने अर्जुनको सोच रहेको थियो । त्यसैले उनी रियाभन्दा टाढा बस्न थाले । जब अदालतले यी कुरा थाहा पायो तब उनीहरुलाई सम्झाएर फिर्ता पठाएको छ । तर अर्जुनको मनमा चलत्रिको सुहागरातको कल्पना हटेको छ कि छैन यो कुराको भने पत्तो छैन ?

प्रतिक्रिया दिनुहोस
Advertisement