रास्वपाले अन्तर्राष्ट्रिय युवा दिवस मनाउने

रास्वपाले अन्तर्राष्ट्रिय युवा दिवस मनाउने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अन्तराष्ट्रिय युवा दिवस मनाउने निर्णय गरेको छ।

संयुक्त राष्ट्रसङ्घको घोषणाबाट सन् १९९९ देखि अगस्त १२ का दिन अन्तर्राष्ट्रिय युवा दिवस मनाउने गरिएको छ। शुक्रबार रास्वपा आयोजक समितिको पहिलो बैठकले प्रदेशका सभापतिहरूलाई अन्तर्राष्ट्रिय युवा दिवस मनाउने सन्दर्भमा पत्राचार गर्ने, साथै प्रदेशमा अन्तर्राष्ट्रिय युवा दिवस मनाउन समन्वय गर्ने सदस्यको जिम्मेवारी तोक्ने र उपसमिति निर्माण गर्ने निर्णय गरेको छ।

गत श्रावण १३ गते बसेको रास्वपा केन्द्रीय समितिको बैठकले अन्तर्राष्ट्रिय युवा दिवस मनाउने निर्णय गरी केन्द्रीय सदस्य एवं पार्टीका पूर्व महामन्त्री कविन्द्र बुर्लाकोटीलाई अन्तर्राष्ट्रिय युवा दिवस २०८३को आयोजक समितिको संयोजकको जिम्मेवारी दिने निर्णय गरेको हो ।

आयोजक समितिको सदस्यहरूमा केन्द्रीय सदस्य, सांसद एवं पार्टीका नेताहरू हिमेश पन्त, कमल सुवेदी, खगेन्द्र सुनार, केपी खनाल, निशा श्रेष्ठ, मन्जु सिंह, सागर भुसाल, जमुना शर्मा, अरविन शाह, हेमराज थापा, रोहन कार्की, मनिष खनाल, डा. नमिता यादव, नारदमणि बास्तोला, उदयनारायण सापकोटा, साजन शर्मा, किसान प्रसाद तिमल्सिना, राजु सुनार, शेख कसमुद्दिन, चन्दन कुमार ठाकुर, भरत केसी लगायत छन्। साथै प्रदेशका सभापतिहरू आयोजक समितिको पदेन सदस्य रहने व्यवस्था गरिएको छ।

पार्टीले विभिन्न पालिका, जिल्ला, सातैवटा प्रदेश र केन्द्रीय तहमा युवा दिवस मनाउने तयारी गरेको छ।

युवा दिवसको अवसरमा संसदसम्म युवाको आवाज अन्तरसंवाद कार्यक्रम,राष्ट्रव्यापी सरसफाई कार्यक्रम, खेलकुद, रक्तदान कार्यक्रम, अन्तरसंवाद, विभिन्न विषयमा छलफल, नीति मन्थन लगायतका कार्यक्रमहरू गर्ने सम्बन्धमा छलफल भएको छ।