बोलिभियाकी विपक्षी नेत्रृ अनेज बन्लिन त राष्ट्रपति ?


एजेन्सी – दक्षिण अमेरिकी मुलुक बोलिभियाकी विपक्षी नेतृ जेनी अनेजले आफूलाई अन्तरिम राष्ट्रपति घोषणा गरेकी छन् । राष्ट्रपति इभो मोरालेसले राजीनामा दिएपछि अनेजले संसदको विशेष बैठकमा आफूलाई राष्ट्रपति घोषणा गरेकी हुन् ।

यद्यपि मोरालेससमर्थक लेफ्टिस्ट मुभमेन्ट फर सोसियालिजम पार्टीका सांसदहरुले उक्त बैठक बहिस्कार गरेका कारण राष्ट्रपति नियुक्तिका लागि कोरम भने पुगेन ।

तर नेतृ अनेजले भने चाँडै निर्वाचन गराउने घोषणा गरेकी छन् । मोरालेसले अनेजको घोषणाको भत्र्सना गर्दै अनेजले कू गराउन प्रयत्न गरेको आरोप लगाएका छन् ।

मेक्सिकोतर्फ भागेका मोरालेसले आफ्नो जीवन खतरामा परेको भन्दै त्यहाँ शरण मागेका छन् । विवादास्पद राष्ट्रपति निर्वाचन परिणामको विषयलाई लिएर विरोध प्रदर्शन भएपछि उनले गत आइतबार राजीनामा दिएका थिए । उनले आफूलाई राजीनामा दिन बाध्य बनाइए पनि थप रक्तपात हुन नदिन आफ्नै इच्छाले राजीनामा दिएको बताएका छन् ।

आफैंलाई राष्ट्रपति घोषणा गरेकी अनेजले सिनेटलाई नियन्त्रणमा लिँदै आफूलाई आगामी राष्ट्रपतिको लाइनमा राखेकी छिन् । उनको नियुक्तिलाई बोलिभियाको संवैधानिक अदालतले अनुमोदन गर्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement