इन्टरनेटको मूल्य आजदेखि १३ प्रतिशत बढ्ने

इन्टरनेटको मूल्य आजदेखि १३ प्रतिशत बढ्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – इन्टरनेट सेवा प्रदायकहरुले बुधबारदेखि इन्टरनेटको १३ प्रतिशत मूल्य बृद्धि गर्ने भएका छन्। इन्टरनेट सेवा प्रदायकहरुको संस्था (आइस्पान) नेपालको निर्णयमा सबै सेवा प्रदायकले उपभोक्ताबाट १३ प्रतिशत दूरसञ्चार शुल्क उठाउन सुरु गर्ने अध्यक्ष भोजराज भट्टले जानकारी दिए।

भट्टका अनुसार आइतबार बसेको आइस्पानको बैठकले सरकारले थपेको १३ प्रतिशत शुल्क उपभोक्ताबाट उठाउँने निर्णय गरेको हो ।सञ्चारमन्त्री गोकुल बाँस्कोटाले भने इन्टरनेटको शुल्क बढाए सेवा प्रदायकहरुका लागि दुर्भाग्य हुने चेतावनी दिएका छन्। यो खबर कान्तिपुर दैनिकमा छ ।